शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

आजकल गुरु कुट्ने संस्कृति बढेको छ : केपी ओली

बिहीबार, १४ असार २०८०, १० : ४२
बिहीबार, १४ असार २०८०

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा आजकल गुरु कुट्ने संस्कृति बढेको बताएका छन् । बिहीबार काठमाडौँमा मदन भण्डारी मेमोरियल कलेजको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले संस्कृति, शिष्टता र विनम्रता हराउँदै गएकोमा चिन्ता बढिरहेको बताए । 

‘आज गुरु कुट्ने संस्कृति बढेको छ, यो बडा दुखद कुरा हो यो’, अध्यक्ष ओलीले सभ्यताको दियो बाल्ने देशमा गुरुको ढाड खुस्काउने, टाउको फुटाउने र करङ भाँचिदिएर बहादुरी देखाउने काम भइरहेको बताए । 

उनले सरकारले त्यस्तैलाई प्रोत्साहन गर्ने गरेको पनि बताए । ‘त्यस्ताहरूलाई प्रोत्साहन दिएर सरकार मुद्दा फिर्ता गर्छ । विद्यार्थीले प्रोफेसर कुट्न किन नपाइने मज्जाले पाइन्छ भन्छ सरकार । गुरु हाम्रो खालको होइन रहेछ, विद्यार्थी हाम्रो खालको रहेछ, हाम्रो खालको विद्यार्थीले अर्को खालको मास्टर पड्काउन पाइन्छ भन्छ सरकार’, ओलीले भने, ‘त्यसमा पनि विद्यार्थी नाम मात्रका हुन्छन् । नाम विद्यार्थीको हुन्छ तर ती विद्यार्थी होइनन् । बाहिर सडकका औजार हुन् । यस्तो संस्कृतिबाट हामी जोगिनुपर्दछ । संस्कृति, शिष्टता र विनम्रता अरूका लागि होइन ।’

केही साताअघि त्रिभुवन विश्व विद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्नेको मुद्दा सरकारले फिर्ता लिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप