सुर्खेतमा फोर्स गाडी दुर्घटना, १ जनाको मृत्यु, १४ जना घाइते
बिहीबार, १४ असार २०८०, २२ : २१
सुर्खेत। सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२२ बस्ने ५० वर्षीय फहित अन्सारी छन् । गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
वीरेन्द्रनगरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटनामा परेको हो । घाइतेहरुको प्रदेश अस्पताल, देउती अस्पताल, सुर्खेत अस्पताल र माया नर्सिङ्ग होममा उपचार भइरहेकोे छ।
सबैको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ। गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो । १६ जना सवार गाडीका चालक भने फरार रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण