सुर्खेतमा फोर्स गाडी दुर्घटना, १ जनाको मृत्यु, १४ जना घाइते
बिहीबार, १४ असार २०८०, २२ : २१

सुर्खेत। सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–२२ बस्ने ५० वर्षीय फहित अन्सारी छन् । गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरीले जनाएको छ।
वीरेन्द्रनगरबाट नेपालगञ्जतर्फ जाँदै गरेको भे १ ख ३७५० नम्बरको फोर्स गाडी भेरी पुल नजिकै दुर्घटनामा परेको हो । घाइतेहरुको प्रदेश अस्पताल, देउती अस्पताल, सुर्खेत अस्पताल र माया नर्सिङ्ग होममा उपचार भइरहेकोे छ।
सबैको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ। गाडी अनियन्त्रित भएर दुर्घटनामा परेको हो । १६ जना सवार गाडीका चालक भने फरार रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुधको भुक्तानी नदिने उद्योगीको विवरण प्रशासनमा बुझाइयो
-
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
-
राष्ट्रिय गौरवका आयोजनालाई गेम चेन्जर प्रोजेक्टका रूपमा बजेटमा निर्धारण गर्नुपर्छ : सांसद पाण्डे
-
सेती नदीमा बगेका १० वर्षीय अमित विकको शव फेला
-
आर्थिक वर्ष २०८०/०८१ को कुल बेरुजु ९१ अर्ब ५९ करोड ८८ लाख
-
सगरमाथा संवादमा प्रकृति संरक्षणमा योगदान भएका समुदायका आवाज उठान गर्न माग