डेढ लाख बढी बिरुवा रोपण गरी मनाइयो वृक्षरोपण दिवस
काठमाडौँ । नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले ‘सन्ततिका लागि सोचौँ, समृद्धि र हरियालीका लागि रुख रोपौँ’ भन्ने नाराका साथ छैटौँ राष्ट्रिय वृक्षरोपण दिवस देशभरि विभिन्न कार्यक्रम गरी मनाइएको छ । दिवसका अवसरमा आज देशभर विभिन्न प्रजातिका करिब एक लाख ५७ हजार पाँच सय ८० बिरुवा (हालसम्म प्राप्त तथ्याङ्कअनुसार) रोपण गरिएको वन तथा भूसंरक्षण विभागले जनाएको छ ।
विभागका निमित्त महानिर्देशक नवराज पुडासैनीले दिवस सफल पार्न अहोरात्र खट्नु हुने स्थानीय समुदाय, स्थानीय तह, प्रदेश सरकार, सबै वन उपभोक्ता समुह, नागरिक समाज, गैरसरकारी संस्था, निजी क्षेत्र, सुरक्षा निकायलगायत सबैमा आभार व्यक्त गरे ।
सरकारले आगामी आर्थिक वर्षमा तीन करोड बिरुवा उत्पादन गरी कृषि वन, निजी वन, सार्वजनिक जग्गा, नदी उकास जग्गामा रोपण गर्ने जनाएको छ । वृक्षरोपण, बिरुवा उत्पादनजस्ता कार्यक्रम सङ्घ प्रदेश र स्थानीय तह तथा उपभोक्तालगायत सरोकारवालासहितको सहभागितामा कार्यान्वयनमा ल्याइने सरकारको योजना छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘रास्वपा संघीयता खारेजीको पक्षमा छैन, प्रत्यक्ष निर्वाचित कार्यकारीमा एकमत छ’
-
शिक्षा नियमावली संशोधन : विद्यार्थीलाई घाममा उभ्याउनेदेखि अपमानजनक व्यवहारमा रोक
-
एमालेका पूर्वसांसद लक्ष्मी महताे काेइरी पक्राउ
-
सावधान ! सीआईबीको नामबाट कानुनी कारबाहीको धम्की दिँदै इमेल आयो ?
-
आधा घण्टाका लागि स्थगित कर्णाली प्रदेश सभा बैठक शुक्रबार बस्ने
-
भारी वर्षासँगै कपन तरकारी बजार क्षेत्र जलमग्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण