खोटाङमा सघन शहरी आयोजना : ७ वटा स्वास्थ्य भवन निर्माण, ४ सडकको स्तरोन्नति
खोटाङ । सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाले खोटाङमा एउटा अस्पतालसहित सात वटा स्वास्थ्य भवन निर्माण गरेको छ। आयोजनाले आर्थिक वर्ष २०७९–०८० मा करिव २० करोडको लगानीमा सदरमुकाम दिक्तेलस्थित जिल्ला अस्पतालमा सुविधा सम्पन्न भवन निर्माण कार्य अन्तिम चरण पुर्याएको छ।
आयोजनाले सो भवन निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ। यसै आर्थिक वर्षभित्र आयोजनाले तीन वटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेको छ। केपिलासगढी गाउँपालिकाको बासपानीमा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खाल्लेमा र ऐंसेलुखर्क गाउँपालिकाको जलेश्वरीमा स्वास्थ्य चौकी भवन निर्माण गरेर स्थानीय तहलाई हस्तान्तरण गरिसकिएको आयोजनाका खोटाङका साइट इन्जिनियर शुसिलकुमार चौधरीले जानकारी दिए ।
ऐंसेलुखर्क गाउँपालिकाको बाकाचोलमा निर्माणाधिन स्वास्थ्य चौकी भवनको काम ७० प्रतिशत सम्पन्न भइसकेको चौधरीको भनाइ छ। जन्तेढुंगा गाउँपालिकाको देवीस्थान, खोटेहाङ गाउँपालिकाको वाप्लुखामा स्वास्थ्य चौकी भवन निर्माण कार्य धमाधम भइरहेको र त्यहाँ ८५ प्रतिशत काम सम्पन्न भइसकेको आयोजनाले बताएको छ।
यस्तै, सडकतर्फ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नेर्पा मिलनचोक देखी सिरवास–मेवाखोलासम्मको सडक निर्माण सम्पन्न भएर संचालनमा आइसकेको अवस्था छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकै पाथेका–चिमचिमादेखी सिरुवास सडक स्तरोन्नति, हलेसी तुवाचुङ नगरपालिकाको बडहरेस्थित डाँडागाँउ–लक्ष्मी मावि हुँदै घोपाटार–माझीगाँउ जोड्ने सडक स्तरोन्नतिको काम ९५ प्रतिशत सम्पन्न भइसकेको आयोजनाको भनाइ छ।
हलेसी तुवाचुङ नगरपालिका बडहरेस्थित बुद्धेखोला हुँदै लेक–बुङ्देल–बोझे जोड्ने सडक स्तरोन्नतिको ८५ प्रतिशत काम सम्पन्न भइसकेको र बाँकी काम धमाधम भइरहेको छ ।
सघन शहरी तथा भवन निर्माण आयोजना ओखलढुंगाका आयोजना प्रमुख डा।युवराज पौडेलले खोटाङमा संचालित योजनाको प्रगति उल्लेखीय भएको बताएका छन्। ‘हामीले यस आर्थिक वर्षमा खोटाङमा ११ वटा योजना संचालन गरेका थियौं । धेरैजसो सम्पन्न भइसके र बाँकी रहेका केही योजना यसै आर्थिक वषैभित्र सम्पन्न गर्छौ र केही योजना आगामि आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य राखेका छौं पौडेलको भनाइ छ।
‘विकासका काममा आलटाल गर्ने कुरामा कसैसँग ‘कम्परमाइज’ हुँदैन। कामको जिम्मा लिने निर्माण कम्पनीले काम तिव्ररुपमा र गुणस्तरीय गर्नुपर्छ भनेर ताकेतासँगै अनुगमन पनि हामीले निरन्तर गरिहेका छौं, ’ पौडेल भने ।
बाँकी रहेका योजनाको पनि ७० प्रतिशत भन्दा माथि काम सम्पन्न भइसकेको अवस्था रहेको उनले जानकारी दिए। उनले भने, ‘सुविधा सम्पन्नयुक्त जिल्ला अस्पतालको भवन निर्माण कार्य पनि तिव्रगतिमा निर्माण भइरहेको छ।’
जिल्लामा गत आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजना यस आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाको भनाइ छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको जिल्ला आयुर्वेद कार्यालय हुँदै भुते जोड्ने सडक, दोर्पा–दुम्ली सडक, हाटडाँडा काफ्ले गाउँ सडक, जन्तेढुंगा गाउँपालिकाको वोपुङ–डुम्रीबोटे हुँदै बंसिलाघाट जोड्ने सडक स्तारोन्नतिको काम धमाधम अवस्थामा रहेको आयोजनाको दावी छ। गत आर्थिक वर्षका अन्य योजनाको पनि काम भइरहेको र चाँडै सम्पन्न गर्नमा ध्यान दिइएको आयोजनाले बताएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बृहत्तर हेटौँडा अवधारणाअनुसार राजधानी विकास गरिने
-
निःशुल्क प्रवेशको विरोधमा विवाह मण्डप र सङ्ग्रहालय बन्द
-
देखिने शासक असफल भएपछि ‘डिप स्टेट’ सक्रिय भयो : सुवेदी
-
एक खर्ब निक्षेप सङ्कलन गर्न बोलकबोल आह्वान
-
एमालेका चार मन्त्री बर्खास्त भएसँगै नयाँ गठबन्धनका लागि नेकपाले राख्यो सर्त
-
जुम्ल्याहा शिशुको हत्या आरोपमा आमा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण