खेतीयोग्य जमिन मासिँदा कृषि उत्पादनमा परनिर्भरता बढेको छ : प्रदेश प्रमुख शर्मा
हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले खेतीयोग्य जमिन मासिदै जाँदा कृषि उत्पादनमा परनिर्भरता बढेको बताएका छन् । शुक्रबार धान दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले खेतीयोग्य जमिनको सहि सदुपयोग गरि कृषि उत्पादन बढाउनु पर्ने बताए ।
राष्ट्रिय अर्थतन्त्रमा धानको अत्यन्त महत्वपूर्ण योगदान रहँदै आएको उनको भनाई छ । 'खेतीयोग्य जमिन मासिदै र बाँझिदै गएको छ । जसका कारण कृषिमा परनिर्भरता बढेको छ । यस खालको अवस्था न्यूनीकरण गर्न धानको उत्पादन वृद्धि गर्नुपर्ने पर्छ,' उनले भने, 'कृषिका लागि प्रशस्त सम्भावना भएको देश नेपालमा धानलाई मुख्य खाद्य बालीका रुपमा लिइने गरिएको छ । देशको अर्थतन्त्रमा धानको महत्वपूर्ण योगदान रहेको छ ।'
असार १५ मानो रोपेर मुरी उब्जाउने महिनाको मध्ये एक दिनका रुपमा पनि लिने गरेको भन्दै प्रमुख शर्माले वि.सं.२०२० को दशकसम्म नेपाल दक्षिण एसियामा सबैभन्दा बढी धान उत्पादन गर्ने राष्ट्रका रुपमा परिचित रहेको बताए ।
विगत केही वर्षयता नेपालमा धानको आपूर्ति व्यवस्थापन गर्न सक्ने अवस्था हुँदाहुँदै पनि आयात बढिरहेको तथ्याङ्क रहेको उनको शुभकामना सन्देशमा उल्लेख छ । पछिल्लो समय विभिन्न कारणबाट देशमा धानको उत्पादन घट्न गई आयात बढेकोप्रति प्रदेश प्रमुख शर्माले चिन्ता व्यक्त गरेका छन् ।
‘बाँझो रहेको हाम्रो जमिनमा खेती गर्नका लागि अभियान नै चलाईनु पर्दछ । तराईका फाँटहरूमा धान उत्पादनलाई प्राथमिकता दिई किसानहरुलाई यसप्रति आकर्षित गराउँनु पर्दछ,' उनले भने ।
संविधानमा खाद्यलाई नागरिकको मौलिक हकका रुपमा व्यवस्था गरिएको उल्लेख गर्दै प्रदेश प्रमुख शर्माले नागरिकको हक सफलतापूर्वक कार्यान्वयन गर्न सरकारले दिगो खाद्य सुरक्षा कायम गर्ने विषयलाई प्राथमिकता राखी काम गर्नुपर्नेमा जोड दिए ।
उनले धानको पकेट क्षेत्र नै मानिएको नेपालमा प्रशस्त सिँचाई सुविधा विस्तार, धान बालीको अनुसन्धान र विकास, समयमै, बीऊ तथा मलको उपलब्धता, किसानलाई आधुनिक प्रविधिबारे ज्ञान तथा शीप प्रदान गर्ने काममा तीनै तहका सरकार तथा यससंग सम्बन्धित सरोकारवालाको ध्यान दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
-
सुदूरपश्चिम विश्वविद्यालयका डिनको गाडी चोर्ने आरोपी काठमाडौँबाट पक्राउ
-
पेपर लिक प्रकरणमा राजनीति नगर्न जेपी नड्डाको चेतावनी, आन्दोलनकारीसँग वार्ताको ढोका खुला
-
फाइनलअघि मेस्सीले चेन्जिङ रुममा के भनेका थिए ? अफवाहबारे म्याक एलिस्टरका बुबाको खुलासा
-
झापामा मनाइयो बीपी कोइरालाको ४४औँ स्मृति दिवस
-
अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण