सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पहिरोका कारण हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध

शुक्रबार, १५ असार २०८०, ०८ : ५८
शुक्रबार, १५ असार २०८०

मकवानपुर । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्डमा अवरुद्ध भएको छ । गएराति देखि परेको वर्षाका कारण शुक्रबार बिहान ललितपुरको भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

कान्ति लोकपथ सडक खण्ड अन्तरगत पर्ने मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तर तर्फ भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए । 

उनका अनुसार पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने दुवै तर्फका यातायात अवरुद्ध भएको छ । हाल वर्षा भइरहेको र मौसम सुधार आएपछि पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रहरीले जनाएको छ ।

हेटौँडाबाट काठमाडौँ जान हिँडेको हल्का सवारी साधनहरूलाई ठिंगनमा नै रोकिएको छ भने काठमाडौँबाट हेटौँडा तर्फ आउने सवारी साधनलाई भट्टेडाँडामा नै प्रहरीले रोकेको छ ।

वर्षा रोकिए लगत्तै पहिरो पन्छाएर सडक खुलाउने तयारी भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप