पहिरोका कारण हेटौँडा-काठमाडौँ जोड्ने कान्ति लोकपथ अवरुद्ध
मकवानपुर । पहिरोका कारण हेटौँडा काठमाडौँ जोड्ने कान्तिलोकपथ सडक खण्डमा अवरुद्ध भएको छ । गएराति देखि परेको वर्षाका कारण शुक्रबार बिहान ललितपुरको भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कान्ति लोकपथ सडक खण्ड अन्तरगत पर्ने मकवानपुरको सिमानाबाट करिब २ किलोमिटर उत्तर तर्फ भट्टेडाँडा नजिक पहिरो खस्दा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए ।
उनका अनुसार पहिरोका कारण हेटौँडाबाट काठमाडौँ जाने र काठमाडौँबाट हेटौँडा आउने दुवै तर्फका यातायात अवरुद्ध भएको छ । हाल वर्षा भइरहेको र मौसम सुधार आएपछि पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याउने प्रहरीले जनाएको छ ।
हेटौँडाबाट काठमाडौँ जान हिँडेको हल्का सवारी साधनहरूलाई ठिंगनमा नै रोकिएको छ भने काठमाडौँबाट हेटौँडा तर्फ आउने सवारी साधनलाई भट्टेडाँडामा नै प्रहरीले रोकेको छ ।
वर्षा रोकिए लगत्तै पहिरो पन्छाएर सडक खुलाउने तयारी भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण