खरेलको ‘मै नाचिदिन्छु’ मा पुष्प र कविता रोमान्स

काठमाडौँ । गायक शिशिरजय खरेलको नयाँ गीत ‘मै नाचिदिन्छु’ सार्वजनिक भएको छ । खरेलकै शब्द तथा संगीत रहेको गीतमा विशम आचार्यको एरेन्ज रहेको छ । डान्सिङ शैलीमा तयार गरिएको गीतको आकर्षक भिडियो निर्माण भएको छ । भिडियो बहुचर्चित हिन्दी फिल्म ‘सोले’को ‘जब त है जान’ गीतको थिममा तयार भएको छ । भिडियोमा कामेश्वर चौरेशिया, पुष्प खड्का, कविता नेपाली लगायतको अभिनय छ ।
गीतमा कामेश्वर गम्बर सिंहको रुपमा प्रस्तुत भएका छन् । गीतमा पुष्प र कविताको अभिनय र नृत्य उत्कृष्ट रहेको छ । जय हो द फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोमा उत्तम हुँमागाईको छायांकन, रुपेश खड्काको सम्पादन र निकेश खड्काको निर्देशन छ । भिडियोका निर्माता पनि शिशिर जय खरेल नै हुन् । गीत खरेलकै आफ्नो युट्युब च्यानल जय हो द फिल्म प्रोडक्सनबाट रिलिज भएको छ ।
गीत तथा भिडियो निकै राम्रो बनेकाले दर्शक श्रोताको मन जित्नेमा आफु ढुक्क रहेको गायक तथा संगीतकार खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कलंकीस्थित इडिफाई इन्टरनेशनल स्कुलमा ईभी भ्यान दुर्घटना, ९ वर्षीया छात्राको मृत्यु
-
सुनचाँदी व्यवसायीहरूको प्रदर्शन जारी, तस्बिरहरू
-
बजेटमा सांसद्हरूको व्यापक असन्तुष्टि, बचाउमा सत्तापक्ष
-
‘पटका पड्केको देखेको थिएँ, इजरायल आएर मिसाइल पड्किएको पनि देखेँ’
-
सम्पर्कविहीन चिकित्सक रिसोर्टमा बसेका थिए
-
सहरी विकासको बजेट मन्त्रीहरूले कब्जा गरेको देखियो : प्रकाश ज्वाला