पहिरोका कारण कहाँ–कहाँ सडक अवरुद्ध छ ?
काठमाडौँ । पछिल्लो २४ घण्टामा परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरो गएको छ । पहिरोका कारण विभिन्न स्थानमा सडकसमेत अवरुद्ध भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार १० जिल्लामा सडक आवागमन प्रभावित भएका छन् । पाल्पाको तानसेन नगरपालिका-५ तिनलाँकुरी नजिकै पाल्पा-गुल्मी सडक खण्डमा शुक्रबार बिहान आएको अबिरल वर्षाको कारण पहिरो जाँदा सडक अवरोध भएको छ ।
त्यस्तै दार्चुलाको शैल्यशिखर नगरपालिका-६ पनेबांज र मालिकार्जुन गाउँपालिका-३ तेर्छालेकस्थित गोकुलेश्वर- दार्चुला हाइवे सडक खण्ड र ललितपुरको ललितपुर महानगरपालिका-३ भालुखोला र पाङदुर डोलमा शुक्रबार बिहान आएको अबिरल वर्षाको कारण पहिरो जाँदा हेटौंडा जाने कान्तिलोक पथको सडक अवरोध भएको छ ।
म्याग्दीको रघुगंगा गाउँपालिका-३ तल्लो बैसरीस्थित सडकमा शुक्रबार बिहान पहिरो जाँदा बेनी जोमसोम सडक पूर्ण रूपमा अवरोध भएको छ भने मुगुको खत्याड गाउँपालिका-८ स्थित स्याला खोला नजिक सडकमा बिहीबार राति पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
उता प्यूठानको माण्डवी गाउँपालिका-१ सिमलवौरमा शुक्रबार बिहान आएको वर्षाका कारण पहिरो जाँदा भालूवाङ-प्यूठान सडक खण्ड पूर्ण रूपमा अवरोध भएको छ । कालिकोटको शुभकालिका गाउँपालिका-१ स्थित कर्णाली राजमार्ग अन्तर्गत एस मोडमा पनि पहिरो जाँदा सडक पूर्ण रूपमा अवरोध भएको छ ।
अर्घाखाँचीको सितगंगा नगरपालिका-२ भुवनपाटास्थित गोरूसिङगे सन्धिखर्क सडक खण्ड र मुस्ताङको थासाङ गाउँपालिका-४ काभ्रेभिरस्थित बेनि जोमसोम सडक खण्डमा शुक्रबार बिहान पहिरो जाँदा सडक अवरोध भएको छ ।
यता चितवनको ईच्छाकामना गाउँपालिका-५ नारायणगढ मुग्लिङ सडक खण्डको ३ नम्बर पुलस्थित सडक बिहीबार राति पहिरो जाँदा अवरोध भएको छ । पहिरो गएको स्थानमा नजिकको प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी सडक खुलाउनुको साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण