एउटाले अर्को कलाकारलाई सम्मान गर्ने परम्परा बनाऔँ : मदनकृष्ण श्रेष्ठ
काठमाडौँ । अभिनेता किरण केसीले आफ्नो जन्मदिनको अवसरमा व्यङ्ग्यकवि शैलेन्द्र सिम्खडा र हास्य कलाकार शिवहरि वैरागी नेपाललाई सम्मान गरेका छन् । शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमबीच उनीहरूलाई सम्मान गरिएको हो । कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार हरिवंश आचार्यले जन्मदिनमा एकले अर्को कलाकारलाई सम्मान गर्ने कुराले जन्मदिन नेपाली कलाकारका लागि चाडको रूपमा परिवर्तन हुँदै गएकोले सबैले अनुसरण गर्नुपर्ने जिकिर गरे । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले एक कलाकारले अर्को कलाकारलाई सम्मान गर्ने कुरा परम्पराका रूपमा विकास हुनुपर्ने बताए ।
सरकारबाट पाउने सम्मान भन्दा एउटा कलाकारले अर्को कलकारलाई दिएको सम्मान आफ्नो लागि महत्त्वपूर्ण रहेको व्यङ्ग्य कवि सिम्खडाको भनाई छ । उनले सरकारको फारम भरेर, फोटो टाँसेर पाएको सम्मान भन्दा आत्मीय सम्मान ठुलो कुरा भएको बताए । उनले बाहिर बसेका मानिसलाई व्यङ्ग्य गरेर कुनै फाइदा नभएको पनि उल्लेख गरे ।
आफ्नो जन्मदिनको अवसरमा बोल्दै अभिनेता किरण केसीले आफूले आफ्नो विधाका मानिसलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए । यो अभियान आफूले १४ वर्ष पहिलाबाट नै सुरु गरेको भन्दै आफ्ना क्षेत्रका कलाकारहरूलाई सम्मान गरेको जसमा दुई हास्य कलाकार र दुई कलाकारितामा दुई पत्रकारलाई सम्मान गर्ने गरेको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण