बागमती प्रदेशमा २२ प्रतिशत रोपाइँ सम्पन्न
मकवानपुर । बागमती प्रदेशमा हालसम्म २२ प्रतिशत रोपाइँ भएको छ । प्रदेशका १३ जिल्लमा गरी हालसम्म २२ प्रतिशत धान रोपाइँ सकिएको बागमती प्रदेशको कृषि विकास निर्देशनालयको कार्यालय हेटौँडाले जनाएको छ ।
प्रदेशको चितवनमा २० प्रतिशत, मकवानपुरमा १५, धादिंगमा १७, काभ्रेमामा ३५, सिन्धुपाल्चोकमा ३२ प्रतिशत धान रोपाइँ भएको छ भने अन्य जिल्लामा पनि निकै कम मात्रामा रोपाइँ सकिएको कृषि विकास निर्देशनालय हेटौँडाका प्रमुख तेज प्रसाद दवाडीले बताए ।
भौगोलिक विकटता र सिँचाइको अभाव रहेका जिल्लामा पर्याप्त मात्रामा पानी नपरेकाले यसपालि धानखेति हुन नसकेको उनको भनाई छ । प्रदेशमा धानखेतीका लागि आकाशको पानीका भर पर्नुपर्ने, खोलाको मूलबाट सिचाई गर्नुपर्ने भएकाले धान रोपाइँमा समस्या रहेको उनले बताए ।
उनका अनुसार प्रदेशको १३ जिल्लामा कूल एक लाख २० हजार पाँच सय हेक्टर जमिनमा धानखेती हुँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नोलनको ‘द ओडिसी’ सामाजिक सञ्जालमा लिक, २० लाखभन्दा बढीले हेरे
-
‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग
-
पोखरामा अमेरिकी नागरिकको मृत्यु
-
‘रोल नं. १’ र ‘भागदौड’को आम्दानी कति ?
-
प्रचण्डको निर्वाचन क्षेत्रमा समानान्तर समिति बनाउने प्रयास असफल
-
ठुला प्रविधि कम्पनीविरुद्ध उर्लंदो जनलहर : डाटा सेन्टर रोक्ने विश्वव्यापी अभियान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण