सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पहिरोका कारण सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध

शनिबार, १६ असार २०८०, ०९ : ४५
शनिबार, १६ असार २०८०

अर्घाखाँची । अविरल वर्षाका कारण पहिरो झर्दा अर्घाखाँची सदरमुकाम सन्धिखर्क जोड्ने प्रमुख बाटो सन्धिखर्क गोरुसिङ्गे सडक अवरुद्ध भएको छ।

सन्धिखर्क नगरपालिका वडा नं ६ बहखोरमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए ।

गोरुसिङ्गे सन्धिखर्क सडकको सन्धिखर्क ६ कै दहखोला र शितगंगा १३ कोन्द्रेखोला नजिकै खसेको पहिरो हटाइसकिएको र बहखोरको सडकमा खसेको पहिरो पन्छाउने कार्य भइरहेको रिजालले जानकारी दिए ।

यस बाहेक सडक खण्डको ठाउँ ठाउँमा साना ठुला पहिरोहरू झरेको र पन्छाउने क्रम जारी रहेको बुझिएको छ । सडक अवरुद्ध बनेपछि सन्धिखर्कबाट बाहिर जाने र बाहिरबाट सन्धिखर्क आउने यात्रुहरू बिच बाटोमै अलपत्र बनेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप