मोरङमा १४ वर्षीया बालिका बलात्कृत
शनिबार, १६ असार २०८०, १८ : ०३

काठमाडौं । मोरङमा १४ वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । सुन्दरहरैचा नगरपालिका(३ लोचनी बस्ने २१ वर्षीय सुजन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती बालिकालाई ललाई फकाई उनकै घरमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
उता दाङकी २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बबई गाउँपालिका(४ घर भई हाल बंगलाचुली गाउँपालिका(५ मुर्कुटी बजार डेरा गरी बस्ने ३९ वर्षीय ठकेन्द्र सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । सुनारले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आसेपासे पूँजीवादसँग मेरो चिनजान छैन : प्रधानमन्त्री
-
लाराले भने, ‘विराटले अहिले नै टेस्ट क्रिकेटबाट संन्यास लिन हुँदैन’
-
भ्रष्टाचारको मुहान बन्द गर्न कार्यकारी निर्वाचित राष्ट्रपति प्रणाली आवश्यक : प्रचण्ड
-
किन गरिँदैछ सलमानलाई बहिष्कार गर्न माग ?
-
जयकुमारनाथ शाह मेमोरियल अन्तरविद्यालय क्रिकेट : डीएभी सुशिल केडिया फाइनलमा प्रवेश
-
७२ औँ मिस वर्ल्ड हैदराबादमा सुरु, नेपालको प्रतिनिधित्व गर्दै सृच्छा (तस्बिरहरू)