लुम्बिनी प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
आइतबार, १७ असार २०८०, ०९ : ११
दाङ । लुम्बिनी प्रदेशसभाको बैठक आज बस्दै छ । बैठकमा लुम्बिनी सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ का लागि पेस गरेको बजेटमाथि छलफल हुनेछ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बजेटमा असन्तुष्टि जनाउँदै आएकोले प्रदेशसभा चल्नेमा भने आशङ्का कायमै छ ।नेपाली कांग्रेस नेतृत्वको सरकारले ल्याएको बजेटबारे आन्तरिक सहमति नजुट्दा बजेट पेस भएको दुई साता नाघिसक्दा पनि त्यसमाथि अझै पनि छलफल सुरु हुन सकेको छैन ।
पूर्वनिर्धारित कार्यसूची अनुसार गत असार १० गतेबाट बजेट माथि छलफल सुरु गर्ने भन्दै बैठक आव्हान गरिएको भए पनि विवाद नसल्टे पछि सूचना टाँसेर स्थगित गरिएको थियो ।
गत असार १ गते अर्थमन्त्री धनबहादुर मास्केले ४० अर्ब ४७ करोड ८९ लाख बराबरको बजेट प्रदेशसभामा पेस गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
-
बहसपत्रको औचित्य र वैधतामाथि प्रश्न उठाउँदै प्रक्रियाबाट हट्ने चार दलको चेतावनी (पत्रसहित)
-
थोरै पानी पर्दा पनि किन जलमग्न हुन्छ काठमाडौँ ?
-
राहदानी भ्रष्टाचार नियत कि नीतिगत ? फाइल हेरौँ: रास्वपा सांसद सुनार
-
टी-२० टिमबाट सन्जु आउट, १५ वर्षीय वैभवलाई लगातार मौका
-
राहदानी प्रकरणको फाइल मगाएर तत्काल अध्ययन गरौँ : सांसद विक्रम थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण