सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक अझै सुचारु भएन

आइतबार, १७ असार २०८०, १२ : २९
आइतबार, १७ असार २०८०

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाउन अझै समय लाग्ने भएको छ । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा गए राति पहिरो खसेको हो ।

डिभिजन सडक कार्यालय चितवनका प्रमुख रमेशकुमार पौडेलले थप पहिरो नखसे केही घण्टापछि सडक खसलाउन सकिने बताए । पहिरोको एउटा ढिस्को नै झरेकाले पन्छाउन समय लागेको उनको भनाइ छ ।  अर्को ढिस्को पनि खस्ने अवस्थामा छ, पौडेलले भने। 

सो स्थानमा बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको छ । छिनछिनमा पहिरो खस्दा यातायात अवरुद्ध हुँदैआएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप