सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चालाई खराब कुराबाट जोगाउन चाहनुहुन्छ ? आमाबुवाले सिकाउनुहोस् यस्ता पाँच चिज

आइतबार, १७ असार २०८०, १२ : ५०
आइतबार, १७ असार २०८०

आमाबाबुले आफ्ना साना छोराछोरीलाई मायाको कुनै कमी हुन दिँदैनन् । निस्सन्देह, बच्चाहरूको राम्रो पालनपोषणको लागि आमाबाबुको माया धेरै महत्त्वपूर्ण छ, तर कहिलेकाहीँ आमाबाबुको अतिरिक्त हेरचाह पनि बच्चाहरू बिग्रने कारण बन्न सक्छ । यस्तो अवस्थामा बालबालिकालाई केही कुरा (प्यारेन्टिङ टिप्स) सिकाएर आफ्ना सन्तानको निर्दोषतालाई कायम राख्नुका साथै उनीहरूको भविष्य पनि सुधार्न सक्नुहुन्छ ।

बच्चालाई इमानदार बनाउनुहोस्

बाल्यकालमा बच्चाहरू प्रायः आमाबाबुसँग बिना कारण झुटो बोल्न थाल्छन् । यस्तो अवस्थामा बच्चालाई सानैदेखि इमानदार हुन सिकाउनुहोस् । साथै, उनीहरूलाई झूटको बेफाइदाबारे बताउन नबिर्सनुहोस् । यस्तो अवस्थामा बच्चाले सधैँ आमाबाबुलाई सत्य बोल्नेछ । जसका कारण उनको व्यक्तित्वमा पनि सुधार आउन थाल्छ र उनी राम्रो व्यक्ति बन्ने दिशामा अघि बढ्नेछन् ।

राम्रो व्यवहारको टिप्स दिनुहोस्

बच्चालाई बाल्यकालदेखि नै राम्रो व्यवहारको पालना गर्न सुझाव दिनुहोस् । यसले बच्चाको सामाजिक आइक्यु मात्र बढाउँदैन, उसको राम्रो व्यवहारले भविष्यमा धेरै सहयोग गर्नेछ । अर्कोतर्फ, आफ्नो राम्रो व्यवहारका कारण, बच्चाले सजिलै सबैको मन जित्नेछन् ।

स्वास्थ्यमा ध्यान 

साना बच्चाहरू सामान्यतया आफ्नो स्वास्थ्यप्रति धेरै लापरवाह हुन्छन् । यस्तो अवस्थामा बालबालिकालाई बाल्यकालदेखि नै स्वास्थ्यसम्बन्धी टिप्स दिएर अभिभावकले सधैँ स्वस्थ रहन प्रेरित गर्न सक्छन् । त्यसैले बच्चालाई जंकफुड खुवाउनुको सट्टा पौष्टिक तत्त्व युक्त खानेकुरा खाने बानी बसाल्नुहोस् । जिद्दी हुँदा, उसलाई मायाले बुझाउनुहोस्, ताकि बच्चाले सधैँ स्वस्थ जीवन शैली पालन गर्न ध्यान केन्द्रित गरोस् ।

सबैलाई सम्मान गर्नु सिकाउनुहोस्

कहिलेकाहीँ बच्चाहरू ठुला वा सानासँग गलत तरिकाले पेस हुन्छन् । साथै अभिभावक पनि ‘बच्चै त छ, केही थाहा हुँदैन’ भनेर यस्तो व्यवहारलाई बेवास्ता गर्न थाल्छन् । तर बच्चालाई सानै बेलादेखि साना ठुला सबैलाई सम्मान गर्न सिकाउनुहोस् । यसले बच्चाको व्यक्तित्व विकासमा मद्दत गर्नेछ । 

समय व्यवस्थापन सिकाउनुहोस्

बच्चालाई सानैदेखि ‘समय भनेको पैसा’ हो भन्ने अवधारणा सिकाउन नबिर्सनुहोस् । यस्तो गर्दा अनावश्यक कुरामा समय बरबाद गर्नुको सट्टा बच्चाले समय र पैसाको सही सदुपयोग गर्न सिक्नेछ । यसले बच्चाको भविष्य बिस्तारै सुधार्नेछ र राम्रो मान्छे बन्न थाल्नेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप