समिक्षासँग विवाह गर्न तयार छु : आमेश भण्डारी
काठमाडौँ । अभिनेता तथा गायक आमेश भण्डारीले आफू गायिका समिक्षा अधिकारीसँग विवाह गर्न तयार रहेको बताएका छन् । टेलिभिजन कार्यक्रममा ‘द प्रकाश सुवेदी शो’ को अन्तवार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।
शो का होस्ट प्रकाश सुवेदीले आमेशलाई समिक्षाको बुबाआमा केटा माग्दै आउनुभयो भने के तपाई उनीसँग विवाह गर्न तयार हुनुहुन्छ ? भन्ने प्रश्न राखेका थिए । जवाफमा उनले भने, ‘त्यस्तो भयो भने म त एकदम लक्की हुन्छु, म विवाह गर्छु, मेरो उमेर पनि भयो ।’
पछिल्लो समय आमेश र समिक्षा टिकटक भिडियोमा एकसाथ धेरै देखिन्छन् । उनीहरुबीच प्रेम रहेको चर्चा समेत चलेको छ ।
शोमा आमेशलाई समिक्षासँगको प्रेमको बिषयमा पनि सोधिएको थियो । उनले समिक्षासँग प्रेम सम्बन्ध नभएको र मिल्ने साथी भएको जवाफ दिए ।
आमेशले भने ,‘टिकटकमा हाम्रो जोडी राम्रो देखेकाले दर्शकले यस्तो ठान्नु भएकोहोला तर, अहिले हामी प्रेममा त छैनौ पछि के हुन्छ थाहा छैन ।’ आमेश केही अगाडि मात्र अष्ट्रेलिया भ्रमणबाट फर्किएका हुन् । अष्ट्रेलिया भ्रमणको समय उनले समिक्षासँग धेरै टिकटक बनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
-
सरकारद्वारा जिल्ला भूमि समस्या समाधान समिति गठन, प्रमुख जिल्ला अधिकारीलाई अध्यक्षको जिम्मेवारी
-
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण