बालेन शाहको निर्देशनमा ललिता निवासको जग्गामा तारबार लगाउँदै नगरप्रहरी
काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न नगरप्रहरीलाई निर्देशन दिएका छन् । मेयर शाहको निर्देशनपछि आइतबार दिउँसो नगरप्रहरीले खाली जग्गामा तारबार लगाएर राख्ने तयारी गरेको छ ।
बालुवाटारस्थित ललिता निवासको खाली जग्गामा तारबार लगाउने, बनिरहेका घर तथा भौतिक संरचना निर्माणको काम रोक्न लागेको काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए ।
पाण्डेले,‘हामी ललिता निवासको जग्गा संरक्षण गर्न जाँदैछौँ । खाली छ भने तारबार लगाउँछौँ । घरहरु निर्माणाधीन छ भने रोक्न लगाउने निर्देशन प्राप्त भएको छ । अरू थप निर्णय जे आउँछ हामी सोही अनुसार काम गर्दै जानेछौँ ।’
बहुचर्चित जग्गा घोटला काण्डको रुपमा परिचित सरकारको स्वामित्वको बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर विभिन्न व्यक्तिका नाममा नामसारी भएको थियो । विसं २०४९ सालदेखि २०६९ सालसम्ममा ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिको नाममा हत्याइएको थियो । यो जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको भने अदालतमा मुद्दा प्रक्रिया पनि चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण