शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

बालेन शाहको निर्देशनमा ललिता निवासको जग्गामा तारबार लगाउँदै नगरप्रहरी

आइतबार, १७ असार २०८०, १४ : १८
आइतबार, १७ असार २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले बालुवाटारमा रहेको ललिता निवासको सरकारी जग्गा संरक्षण गर्न नगरप्रहरीलाई निर्देशन दिएका छन् । मेयर शाहको निर्देशनपछि आइतबार दिउँसो नगरप्रहरीले खाली जग्गामा तारबार लगाएर राख्ने तयारी गरेको छ । 

बालुवाटारस्थित ललिता निवासको खाली जग्गामा तारबार लगाउने, बनिरहेका घर तथा भौतिक संरचना निर्माणको काम रोक्न लागेको काठमाडौँ महानगरपालिका प्रहरी प्रमुख राजुनाथ पाण्डेले रातोपाटीलाई जानकारी दिए । 

पाण्डेले,‘हामी ललिता निवासको जग्गा संरक्षण गर्न जाँदैछौँ । खाली छ भने तारबार लगाउँछौँ । घरहरु निर्माणाधीन छ भने रोक्न लगाउने निर्देशन प्राप्त भएको छ । अरू थप निर्णय जे आउँछ हामी सोही अनुसार काम गर्दै जानेछौँ ।’

बहुचर्चित जग्गा घोटला काण्डको रुपमा परिचित सरकारको स्वामित्वको बालुवाटारस्थित ललिता निवासको जग्गा किर्ते गरेर विभिन्न व्यक्तिका नाममा नामसारी भएको थियो । विसं २०४९ सालदेखि २०६९ सालसम्ममा ललिता निवासको जग्गा किर्ते गरी व्यक्तिको नाममा हत्याइएको थियो । यो जग्गा घोटाला प्रकरणमा नेपाल प्रहरीको सीआईबीले अनुसन्धान गरिरहेको भने अदालतमा मुद्दा प्रक्रिया पनि चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप