बजेट संशोधन नगरे संसद् चल्न नदिने एमालेको चेतावनी
मकवानपुर । नेकपा एमालेले बागमती प्रदेशको बेजेट संशोधनका लागि ११ बुँदे माग गरेको छ । आइतबार प्रदेश राजधानी हेटौडामा पत्रकार सम्मेलन गर्दै एमालेले आफ्नो माग सम्बोधन नगरे संसद् चल्न नदिने चेतावनी दिएकाे हो ।
बजेट न्यायोचित नभएको भन्दै एमालेले आफूहरूलाई विभेद गरिएको बताएको छ । मुख्यमन्त्री र मन्त्रीको निर्वाचन क्षेत्रमा बढी बजेट विनियोजन गरेको एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले आरोप लगाए ।
एमालेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सरकारले बजेट समेत मनोमानी ढंगले, अवैज्ञानिक तथा असन्तुलित हिसाबले प्रस्तुत गरेको छ । सरकारले बजेट विनियोजन गर्दा, प्रदेशको अर्थतन्त्र, सामाजिक आवश्यकताहरू, आवधिक योजना, दिगो विकासका लक्ष्य, अर्थव्यवस्थाको विकास र आर्थिक व्यवस्थाको समृद्धिलाई प्रोत्साहन गर्ने कुरामा अलिकति पनि ध्यान दिएको छैन । वार्षिक आर्थिक योजना, आर्थिक नीति, राष्ट्रिय आर्थिक प्राथमिकताहरू, आर्थिक उपकरणहरू, राष्ट्रिय आर्थिक मानकहरू, रोजगारी, कर, राजस्व, आर्थिक अवस्था, तथ्यांकन, मापदण्ड, व्यवस्थापन, स्थिरता इत्यादिको प्रत्याभूत यो बजेटले गराउन सक्दैन । यी बाहेक बजेट विशेष गरी मुख्यमन्त्री र सीमित मन्त्रीका ३/४ निर्वाचन क्षेत्रमामा मात्र केन्द्रीकृत भएको छ ।'
एमालेले धादिङ, सिन्धुपाल्चोक र नुवाकोटका निश्चित क्षेत्रमा मात्र विकास बजेट खन्याइएको उल्लेख गरेको छ । गठबन्धनका नेता र मन्त्रीको निजी जग्गा र प्लटिङ सुधारको लागि लाखौं बजेट विनियोजन गरेको एमालेले आरोप लगाएको छ ।
यस्ता छन् एमालेका माग


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली भाषाको विकासमा आदिकवि भानुभक्त आचार्यको योगदान
-
भानु जयन्तीमा मात्रै बौरिन्छ चुँदीरम्घा : २४ करोडको गुरुयोजनाले फेरिएला त महाकविको जन्मथलो?
-
चीनमा ‘बाभी’ आँधीको वितण्डा : २० लाख मानिस सुरक्षित स्थानमा सारिए
-
बेलायतमा ऐतिहासिक गर्मी : दुई महिनामा २७ सयभन्दा बढीको ज्यान गएको अनुमान
-
वर्षा र पहिरोको कहर: कहाँ–कहाँ ठप्प छन् देशका प्रमुख सडक ?
-
चलचित्र क्षेत्रमा रङ्गभेद : के कलाभित्र पनि विभेदको पर्खाल छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण