सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
ललिता निवासमा काठमाडौँ महानगर प्रहरीको टोली (तस्बिरहरु)
फोटोफिचर

ललिता निवासमा काठमाडौँ महानगर प्रहरीको टोली (तस्बिरहरु)

आइतबार, १७ असार २०८०

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासमा काठमाडौँ महानगरपालिका प्रहरीको जम्बो टोली पुगेको छ । ललिता निवासको १४१ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा अदालतमा मुद्दा चलिरहेका बेला आइतबार मेयर बालेन शाहले जग्गा संरक्षणका लागि नगर प्रहरी पठाएका हुन् ।

महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको नेतृत्वमा ललिता निवासमा नगर प्रहरी पुगेको हो । पाण्डेले खाली जग्गामा तारबार गर्ने, बनाउन लागिएका भौतिक संरचनाको निर्माण कार्य रोक्ने काम गर्ने बताएका छन् ।  

 त्यहाँभित्र रहेको अस्थायी संरचना हटाउन ७ दिनको अल्टिमेटम दिइएको पाण्डेले बताए  । निवास परिसरमा निर्माणाधीन राष्ट्र बैंक भवनका सामानहरु राखिएको छ । महनगर प्रहरीले त्यहाँ कार्यरत कामदारहरुलाई समेत हटाउन अल्टिमेटम दिएको हो । 

हेरौं तस्बिरहरु : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया