बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

उदयपुरमा ६ वर्षीया बालिकालाई बलात्कर गर्ने पक्राउ

आइतबार, १७ असार २०८०, १५ : ५७
आइतबार, १७ असार २०८०

उदयपुर । उदयपुरमा ६ वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । ताप्ली गाउँपालिका-३ दगले बस्ने ३५ वर्षीय मकर बहादुर तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

मकरले ती नाबालिकालाई आफ्नै घरमा गत बुधबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी रामपुर झिल्केबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप