हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्छ : सांसद सुवाल
आइतबार, १७ असार २०८०, १६ : २६
काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रेम सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक २०८० माथिको छलफलमा बोल्दै सुवालले हवाई इन्धनमा १० प्रतिशत विमानस्थल पूर्वाधार विकास कर लगाउनुपर्ने बताएका हुन् । उनले सार्वजनिक यातायातमा भने पूर्वाधार विकास कर लगाउनु नहुने बताए ।
सांसद सुवालले रु. ३०० सम्मको सिमकार्ड रिचार्जमा २ प्रतिशत शुल्क नलाग्ने गर्नुपर्ने बताए । त्यस्तै निजी दूरसञ्चार प्रदायक राज्यको स्वामित्वमा ल्याउनुपर्ने पनि बताए ।
सांसद सुवालले विदेशबाट ल्याउने चामलमा कर नलाग्ने भएकाले चिनीलाई चामल भनेर कर छली गरी भित्राइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण