२९ अर्ब ६६ करोड आन्तरिक ऋण उठाउँदै सरकार
आइतबार, १७ असार २०८०, १६ : ३३
काठमाडौँ । सरकारले आगामी असार १९ गते २९ अर्ब ६६ करोड रुपैयाँ बराबर आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकमार्फत सरकारले कूल २९ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ बराबरको ट्रेजरी जारी गर्ने भएको हो ।
यद्यपि, कूल रकममध्ये २४ अर्ब ६६ करोड ६५ लाख रुपैयाँ पुरानै ट्रेजरीको नवीकरण गरेर बाँकी रहेको ५ अर्ब रुपैयाँको नयाँ ट्रेजरी जारी गरिने केन्द्रीय बैंकले जनाएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाले असार १८ गते अर्थात् सोमबार दिउँसो ३ बजेभित्र आवेदन दिन सक्नेछन् । यसअघि केन्द्रीय बैंकले असार ११ गते २४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी जारी गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्वाचन विधेयकले कानुनी रूप लिएपछि धेरै कुरा समेटिने छ : आयुक्त तुलाधर
-
नेपाल अर्बपतिहरूको गन्तव्य बन्न सक्छ : अर्थमन्त्री
-
अभाव हटे पनि निगम किन बेच्दैन भरी सिलिन्डर ?
-
बागमती प्रदेशलाई सङ्घ सरकारको १५ अर्ब २१ करोड अनुदान
-
अत्यधिक बिदा स्वीकृत गरेपछि सल्यान र जाजरकोटका गुल्मपति फिर्ता बाेलाइए
-
कांग्रेस सदस्यता अभियान : ७ लाख ८२ हजारमध्ये ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण