बिना सीपको मानिसलाई विदेश पठाउन रोक लगाउने अवस्था आउँदैछ : श्रममन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विना सिपको मानिसलाई वैदेशिक रोजगारीमा पठाउन रोक लगाउनुपर्ने अवस्था आउने बताएका छन् ।
नेपाल वैदेशिक रोजगार व्यवसायी संघकाे ३१ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भण्डारीले कुनै सीप नसिकेर वैदेशिक रोजगारीमा जाँदा थुप्रै खासको समस्या देखिरहेको भन्दै मन्त्री भण्डारीले नेपालीलाई सीपयुक्त बनाएर मात्र पठाउनुपर्ने अवस्था आउन लागेको बताए।
नेपालमा रहेका तालिम दिने संस्थाहरूलाई थप व्यवस्थित गराएर तालिम दिने र सोही आधारमा सिपयुक्त भएपछि मात्र वैदेशिक रोजगारीमा पठाउनुपर्ने उनले बताए ।
´अब व्यवसायी र सरकार मिलेर कुनै न कुनै सीप सिकेको व्यक्तिलाई मात्र जान पाउने भनेर निर्णय गर्नुपर्ने अवस्था आएको छ । कुनै दिन काम नसिकेकोलाई विदेश जान नदिने पाउने गरी निर्णय गर्नुपर्ने अवस्था आउँछ,` मन्त्र भण्डारीले भने।
वैदेशिक रोजगारीमा देखिएका विविध समस्याबारे सरकार जानकार रहेको भन्दै ती समस्या समाधानका लागि लागिपरेको उनले बताए ।
वैदेशिक रोजगारीमा जानकाे लागि १० हजार मात्र सेवा शुल्क लिने व्यवस्था के कसरी आएको आफूलाई कुनै जानकारी नभएको उनले बताए । यो विषयमा सरकार व्यवसायीहरूसँग मिलेर छलफल गर्न तयार रहेको र त्यहीबाट समाधान गरिने उनले बताए।
मन्त्री भण्डारीले व्यवसायी आफै ईथिक्समा बस्नुपर्ने भन्दै उनले कामदारमाथि ठग्ने काम बन्द गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण