वैदेशिक रोजगारीमा हुने ठगीमा कारबाही गर्ने अधिकार सीडीओलाई दिइने
काठमाडौँ । वैदेशिक रोजगारीमा हुने ठगीका घटनामा कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरु (सीडीओ) लाई दिने तयारी गरिएको छ । सरकारले हाल वैदेशिक रोजगार विभागमा रहेको उक्त अधिकारी अब देशभरका ७७ वटै जिल्लाका सीडीओलाई दिने तयारी गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले ठगीका घटनामा उजुरी दिन विभागमा आउनुपर्ने बाध्यता अन्त्य गर्न लागिएको बताए । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको ३१ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री भण्डारीले सीडीओमार्फत कारबाही गर्ने प्रावधान ल्याउन लागिएको बताएका हुन् ।
वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारीको क्रममा हुने ठगीका घटनामा वैदेशिक रोजगार विभागमा मात्र उजुरी गर्नुपर्ने व्यवस्था छ । जसले गर्दा पीडितहरु काठमाडौँ आउनुपर्ने बाध्यता छ । सरकारले ठगीका घटना न्यूनिकरण गर्न तथा पीडितले छिटो, छरितो तथा सहज तरिकाले न्याय पाउनुपर्छ भन्ने मान्यताका साथ सीडीओलाई नै मुद्दाको अनुसन्धान गर्ने अधिकार दिन लागिएको हो ।
त्यसका लागि ऐन संशोधनको प्रक्रियामा रहेको मन्त्री भण्डारीले बताए । 'हामी सेवा प्रवाहलाई आधुनिक सूचना प्रविधियुक्त बनाउँदै लगिरहेका छौं । ठगीका मुद्दामा भने उजुरी दिन काठमाडौँ नै आउनुपर्छ । ७७ वटै जिल्लामा प्रहरीका छन् । सीडीओ कार्यालय छन्,' मन्त्री भण्डारीले भने, 'उनीहरुले नै कारबाही गर्न पाउने भयो नि काठमाडौँ आउनुपर्ने बाध्यता हुन्थ्यो । अहिले विभागमा २० हजार भन्दा बढी उजुरी थन्किएर बसेका छन् । अब सीडीओलाई नै कारबाही गर्ने अधिकार दिने हो ।'
पछिल्लो समय वैदेशिक रोजगारीमा हुने ठगीका घटना दिनप्रतिदिन बढ्दो क्रममा छन् । विशेषगरी एजेन्ट मार्फत यस्ता खालका घटना बढिरहेको पाइएको हो ।
ठगी नियन्त्रण गर्नका लागि विभागले प्रहरीसँगको समन्वयमा छापा मार्ने, ठगी गर्नेहरुलाई पक्राउ गरेर मुद्दा चलाउने जस्ता कार्य गर्दै आएको छ । तरपनि यस्ता घटना दिनप्रतिदिन बढिरहेका छन् । यसलाई रोक्न मन्त्रालयले ऐन संशोधन गरेर कारबाही गर्ने अधिकारी सीडीओलाई समेत दिन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण