शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कानुन व्यवसायीको राष्ट्रिय सम्मेलन हुने

आइतबार, १७ असार २०८०, १९ : २८
आइतबार, १७ असार २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल सम्बद्ध संघीय कानुन व्यवसायी एसोसिएशनको राष्ट्रिय सम्मेलन हुने भएको छ । 

सो सम्मेलन आगामी साउन ५ र ६ गते काठमाडौँको बूढानिलकण्ठ शिवपुरीस्थित नोभा रिसोर्टमा आयोजना हुने जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जनाएका छन् ।  

बैठकले राष्ट्रिय सम्मेलन सम्पन्न गर्न व्यवस्थापन समिति आर्थिक समिति, प्रचार प्रसार समिति र जनसम्पर्क समिति गठन समेत गठन गरेको छ । 

यो संगठन पार्टीमा बौद्धिक पेसाकर्मी महासंघ अन्तर्गतको घटक संगठनको रुपमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप