नारायणगढ–मुग्लिन सडकखण्ड पुनः सञ्चालन
चितवन । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । शनिबार राति खसेको पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको हो । इच्छाकामना गाउँपालिका–५ तीन नम्बर पुलमा शनिबार राति ११ः३० बजे गएको पहिरो पन्छाएपछि आज साँझदेखि सडक सञ्चालनमा आएको हो ।
पहिरो खसेको १९ घण्टापछि सवारी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । डिभिजन सडक कार्यालय चितवनका अनुसार एक हजार दुई सयदेखि एक हजार पाँच सय घनमिटर पहिरो खसेको पन्छाउन समय लागेको हो । सो स्थानमा दुई वटा लोडर र एउटा एक्साभेटरले बिहानैदेखि पहिरो पन्छाउने काम गरेका थिए । पहिरो पन्छाएसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन् ।
सोही स्थानमा बिहिबारदेखि पटकपटक पहिरो खस्ने गरेको छ । पहिरो पन्छाएको केही बेरमा नै पुनःपहिरो खस्ने गरेको छ । सो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवातजावत गर्ने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण