सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

तपाईंको यस्तो व्यवहारले बच्चा रिसाहा हुन्छन्

सोमबार, १८ असार २०८०, १३ : २९
सोमबार, १८ असार २०८०

घरको माहौल र लगातार तनावका कारण बच्चा रिसाहा बन्ने गर्छन् । यस्तोमा अभिभावकले हरेक पल्ट बच्चाको कमी निकाल्नुको साटो उनीहरूलाई बुझ्न र समस्याको हल निकाल्न मद्दत गर्नुपर्छ ।

यंगमाइन्डका अनुसार कतिपय अभिभावकहरू आफ्ना बालबालिकासँग सधैँ रिसाएर कुरा गर्छन्, जसका कारण अभिभावकले आफ्नो समस्या समाधान गर्न वा सहयोग गर्न मन पराउँदैनन् भन्ने कुरा बालबालिकाको मनमा बस्छ । यस्तो अवस्थामा आफ्नो भावनालाई ठिकसँग व्यक्त गर्न नसक्दा उनीहरू एक्लो महसुस गर्छन् र रिसाउने गर्छन् ।

यदि तपाईंको बच्चा आजकल रिस देखाइरहेको छ वा चिच्याउने कराउने गरिरहेको छ भने, उसलाई गाली गर्नुको सट्टा उसको भावना बुझ्नुहोस् र मायापूर्वक कुरा गर्नुहोस् । उसलाई अँगालो हालेर सुमसुम्याउनुहोस् । याद गर्नुहोस्, यदि तपाईंले उसलाई गाली गरेर शान्त पार्ने प्रयास गर्नुभयो भने, ऊ झनै रिसाउने । त्यसैले कुरा गर्नुहोस् गाली होइन ।

कतिपय आमाबाबुले बच्चाहरूलाई सधैँ नजर राख्छन् र हरेक साना–ठुला गल्तीमा उनीहरूलाई रोक्ने गर्छन् । यसो गर्दा बच्चाको मनमा नकारात्मक भावना जन्मिन्छ र बच्चाहरू तपाईंको यस्तो बानीसँग इरिटेड हुन थाल्छन् । बच्चालाई पनि केही समय एक्लै पनि बिताउन दिनुहोस्, गल्ती गर्ने मौका दिनुहोस् । बच्चाहरूले गल्तीबाट सबैभन्दा बढी कुरा सिक्छन् भनेर सिकाउनुहोस् ।

बालबालिकाको अगाडि एक अर्कासँग झगडा गर्नुहुँदैन भन्ने कुरामा अभिभावकले ध्यान दिनु पनि जरुरी छ । यसो गर्दा बच्चाको कोमल दिमागमा नराम्रो असर पर्छ र उनीहरू यसको नक्कल गर्न थाल्छन् । यति मात्र होइन, धेरै बालबालिका यसका कारण डिप्रेसन र डरको छायामा बाँच्न थाल्छन् । यस्ता बालबालिका तनावमा रहन थाल्छन् र रिसाहा हुन्छन् । याद गर्नुहोस्, बालबालिकाको वरिपरि सकारात्मक वातावरण सिर्जना गर्नुहोस् र उनीहरूलाई आफ्ना भावनाहरू व्यक्त गर्न दिनुहोस् । तपाईंको यो व्यवहारले उनीहरूको व्यवहारमा धेरै परिवर्तन ल्याउनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप