लुम्बिनी प्रदेश : एमालेले भोलि पनि विरोध गर्ने, सत्तापक्ष भन्छ, 'बजेट पारित हुन्छ'
बुटवल । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लुम्बिनी प्रदेशसभामा भोलि (मंगलबार) पनि विरोध जारी राख्ने भएको छ । सरकारले प्रदेशका निर्देशानालयहरुको खारेजीको निर्णय फिर्ता नलिएसम्म प्रदेशसभामा विरोध जारी राख्ने एमालेले जनाएको हो ।
एमालेले लुम्बिनी प्रदेशका प्रमुख सचेतक तलसी प्रसाद चौधरीले आफूहरुका माग सम्बोधन गर्न सरकारले अहिलेसम्म वार्ता र छलफल नगरेको भन्दै मंगलबार पनि विरोध जारी राख्ने बताए । उनले भने,'सरकारले हाम्रा मागको बेवास्ता गरेको छ । हाम्रा माग पुरा नभएकाले भोलि पनि संसद् विरोध गर्नेछौँ ।'
तर लुम्बिनी प्रदेशमा सत्ता पक्षले एमालेलाई पेलेर लगेका छन् । एमालेलाई बाहिर राखेर सत्ता पक्षले बजेटमाथि बोलेर छलफल सकाएका छन् । भोलि दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
सत्तापक्ष नेपाली कांग्रेसका प्रमुख सचेतक जन्म जय तिमिल्सेनाले एमालेका मागहरू सम्बोधन गर्न मुख्यमन्त्री र सत्तारुढ दलका नेताहरू गम्भीर भएर एमालेलाई मिलाउन लागिरहेको बताए ।
मंगलबार बजेट पास हुने बताउँदै उनले एमालेले उठाएको निर्देशनालयको खारेज भन्ने शब्दलाई मिलाउने विषयमा छलफल भएको बताए ।
उनले सरकारले व्ययभार कम गर्न निर्देशनालय हटाउने भनिए पनि सबै कर्मचारी हटाउने भन्ने नभएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण