शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकका ग्राहकलाई लेट मि इनमा छुट

मङ्गलबार, १९ असार २०८०, १० : ०१
मङ्गलबार, १९ असार २०८०

काठमाडौँ । एनआईसी एशिया बैंक र काठमाडौँको नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्कीन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी भएको छ । 

सो सम्बन्धी समझदारीपत्रमा यस बैंकको तर्फबाट डिजिटल पेमेन्ट इकोसिष्टम प्रमुख विमल लम्साल र हस्पिटलको तर्फबाट निर्देशक मा दोङ सुले हस्ताक्षर गरेका हुन् । 

उक्त समझदारी अनुसार यस बैंकमा खाता सञ्चालन गर्नुभई मोबाइल बैंकिङ्ग, डेबिट कार्ड, क्रेडिट कार्ड वा प्लाटिनम कार्ड प्रयोग गरिरहेका ग्राहकहरूले यो फाइदा उपभोग गर्न सक्नेछन् । जसअन्तर्गत सबै प्रकारका फेसियल र उपचारमा यो छुट उपलब्ध गराउने बारे दुवै पक्षबीच समझदारी भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप