बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक विस्तार हुँदै
बुटवल । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड ६ दशकपछि स्तरोन्नति हुन थालेको छ । २०१८ सालमा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो बनाउन थालिएको हो ।
विश्व बैंकले ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि २७ करोड ५० लाख डलर उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको सडक विभागले जनाएको छ । विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीले ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको बताए । उनले दुई खण्डमा विभाजित गरी स्तरोन्नतिको काम अघि बढाइने जानकारीसमेत दिए ।
बुटवलदेखि गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति हुने उपमहानिर्देशक जैसी बताउँछन् । बुटवलदेखि गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । सो खण्डका लागि एक महिनाभित्र टेन्डर प्रक्रियामा जाने सडक विभागको योजना छ ।
गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटरको डिजाइन गर्ने तयारी भइरहेको विभागले जनाएको छ । जैसीले भने, ‘पहिला बुटवलदेखि गोरुसिङ्गेसम्मको लागि टेन्डर हुन्छ, अनि अर्को खण्डको डिजाइनको काम थाल्छौँ ।’

यो सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने ठुला गाडीहरू चलाउनको पनि सहज हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा राजमार्गहरू सवारी साधनको चाप वृद्धि हुन थालेपछि सडकहरू विस्तार गर्न थालिएको जैसीले बताए ।
उनले बुटवल–गोरुसिङ्गे खण्डमा भदौदेखि फिल्डमै काम हुने गरी तयारी गरिएको जानकारी दिए । यो सडक तीन वर्षभित्र काम सम्पन्न हुने गरी गरी ठेक्का लगाउने तयारी भइरहेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्डको स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ ।
बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माणको काम पनि अगाडि बढाइने भएको छ । पुलको लागत एक अर्ब रुपैयाँभन्दा माथि हुने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभाको पन्ध्रौँ बैठक आज, चार मन्त्रालयको बजेटमाथि छलफल
-
यो वर्ष पनि दुईवटा अटो शो : नाडा र नाइमाको छुट्टाछुट्टै तयारी
-
देउवा पुत्र जयवीरलाई ७ दिनभित्र उपस्थित हुन सम्पत्ति शुद्धीकरणको सूचना
-
बजेट विवाद: मन्त्रीबाट मन्त्रीकै हुर्मत, विपक्षीको प्रशंसा
-
बेल्जियमको शानदार जित, अमेरिकालाई ४–१ ले हराउँदै क्वार्टरफाइनलमा प्रवेश
-
दुर्गा प्रसाईंको आरोप– ‘सिंहदरबारको सिस्टम सरकारले नै बिगार्यो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण