कञ्चनपुरमा किशोरीमाथि सामूहिक बलात्कार
काठमाडौँ । कञ्चनपुरमा एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्रीलाई सोमबार प्रहरीले पक्राउ गरेको हो ।
ती किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्ध डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।
उता रोल्पाको १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने ४२ वर्षीय वीर बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय होलेरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालमन्दिरको रकमबाट कार खरिद, आशा श्रेष्ठले लिएकी थिइन् दोहोरो तलब
-
साउन दोस्रो साताभित्र काठमाडौँका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन
-
ओमानमा विद्युतीय राहदानी सेवा सुचारु
-
दुई दिने बिदाले शिक्षा क्षेत्रमा पारेको नकारात्मक असर
-
बैंकक आगलागी : मृत्यु हुनेको संख्या ३२ पुग्यो
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण