काठमाडौँमा दुई जना मृत फेला
काठमाडौँ । काठमाडौँका विभिन्न स्थानमा दुई जना मृत फेला परेका छन् । तारकेश्वर र कागेश्वरी मनोहरामा दुईजना पुरुष मृत अवस्था फेला परेका हुन् ।
तारकेश्वर नगरपालिका-४ मिलनबस्तीस्थित खाजा पसलमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-७ घर भई काठमाडौँ तारकेश्वर नगरपालिका-५ लोलाङ बस्ने ४० वर्षीय अशोक पौडेल सोमबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी काठमाडौंकै कागेश्वरी मनोहरा नगरपालिका-१ कुँवर गाउँमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका घर भई कागेश्वरी मनोहरा नगरपालिका-१ सूर्यमण्डली बस्ने ७५ वर्षीय गोरे कामी सोमबार मृत अवस्थामा फेला परेका छन् ।
उता नवलपरासी (पूर्व)को गैंडाकोट नगरपालिका-१६ अमरापुरी बस्ने ७० वर्षीय लाल बहादुर कडेंल आफ्नै घर अगाडि रहेको खेतमा सोमबार मृत अवस्थामा फेला परेका छन् भने कञ्चनपुरको बेदकोट नगरपालिका-३ बजार अनमोल होटेल नजिक पानी जमेको खाल्डोमा बेदकोट नगरपालिका-१ चम्फापुर बस्ने ३७ वर्षीय लक्ष्मण भट्ट सोमबार मृत अवस्थामा फेला परेका छन् ।
त्यसैगरी सुनसरीको बराहक्षेत्र नगरपालिका-९ कौवाटोलीस्थित कोशी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् ।
पर्साको वीरगंज महानगरपालिका-३२ सोलकपुरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण