पहिरोको कारण विभिन्न पाँच स्थानमा सडक अवरोध
मङ्गलबार, १९ असार २०८०, १३ : १२
काठमाडौँ । अविरल वर्षाका कारण मंगलबार बिहान पहिरो जाँदा दाङ, मुस्ताङ, दार्चुला, दोलखा र मकवानपुर गरी पाँच ठाउँमा सडक अवरोध भएको छ ।
दाङको गढवा गाउँपालिका-१ धानखोलास्थित पुर्व-पश्चिम राजमार्ग, मुस्ताङ थासाङ गाउँपालिका-३ धम्पुस्थित बेनि-जोमसोम सडकखण्ड, दार्चुला शैल्यशिखर नगरपालिका-९ नक्तड तथा सोही नगरपालिका-६ पनेबांजस्थित गोकुलेश्वर-दार्चुला सडकखण्ड, दोलखा कालिञ्चोक गाउँपालिका-४ चप्लेटीस्थित चरिकोट सिंगटी सडक खण्ड र मकवानपुर ईन्द्रासरावर गाउँपालिका-५ स्थित महालक्ष्मीखोला चखेल देराली मातातिर्थ सडकखण्ड पहिरोका कारण पूर्णरूपमा अवरोध भएको हो ।
पहिरो गएका सबै स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै अवरोध सडक खुलाउन सम्बन्धित निकायसँग समन्वय गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण