बजारको अवस्थाअनुसार श्रमिकको पारिश्रमिक बढाउनुपर्ने सीएनआईको सुझाव

काठमाडौं । नेपाल उद्योग परिसंघको नवनिर्वाचित पदाधिकारीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीबीच भेटवार्ता गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरूले मुलुकको अर्थतन्त्र, श्रम तथा रोजगारलगायतका विषयमा छलफल गरेको हो ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीसँगको छलफलमा परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्नुपर्ने आवश्यकता रहेको बताए । उनले कर्मचारीहरूको न्यूनतम पारिश्रमिक बढाउनुपर्ने तर हालको अवस्थालाई मध्यनजर गरेर वृद्धि गरिनुपर्ने बताए ।
मन्त्रीद्वय शरतसिंह भण्डारी र अमनलाल मोदीले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै निजी क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताए । छलफलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवल प्रसाद भण्डारी, परिसंघका उपाध्यक्षहरू वीरेन्द्रराज पाण्डे, रोहित गुप्ता, अमित मोर, भीम घिमिरे, पदाधिकारीमा स्थायी आमन्त्रित सदस्य छाया शर्मा सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको आशा पूरा : बीपी राजमार्गलाई अनुदान दिन जाइका तयार
-
मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
-
स्थानीय र पश्चिमी वायुसँगै भारतबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै