पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप आइपुग्यो : पाइलट प्रोजेक्टका रूपमा प्रयोग गरिने
काठमाडौँ । नेपालमा पाठेघरको मुखको क्यान्सरविरुद्धका २० हजार भायल एचपीभी खोप आइपुगेको छ । सरकारले प्राप्त गरेको २० हजार भायल एचपीभी खोप पाइलट प्रोजेक्टका रूपमा प्रयोग गरिने स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले जानकारी दिए ।
ह्युमन प्यापिलोमा भाइरसबाट बचाउनका लागि एचपीभी खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दुई मात्र दिइने प्रमुख डा. चौरासियाले बताए । ‘सरकारले सुरुवाती समयमा पाइलट प्रोजेक्टका रूपमा एचपीभी खोप दिनेछ,’ उनले भने, ‘आज आएको खोप कुन प्रदेश अन्तरगतका कुन जिल्लालाई खोप दिने भन्ने विषयमा निर्क्योलका लागि विभागबाट स्वास्थ्य मन्त्रालयमा फाइल गइसकेको छ । कहाँका कति किशोरीलाई खोप दिइने बारे छलफल हुँदै छ होला ।’ एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्ने अध्ययनहरूले देखाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धादिङका किसानलाई अफसिजनको सयपत्री फूल निखार्न भ्याइनभ्याइ (तस्बिरहरू)
-
लामाखेतमा बस्ती संरक्षण योजना निर्माण
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण