राजनीति
एमाले संसदीय दलको बैठक बस्दै, मुख्य एजेन्डा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति
बुधबार, २० असार २०८०, १२ : १०
काठमाडौँ । नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने एमाले सचेतक महेश बर्तौलाले रातोपाटीलाई जानकारी दिए ।
सचेतक बर्ताैलाले भने–‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमालाई ठुलो आघात पुर्याएको छ । सार्वभौम देशको प्रधानमन्त्रीको अभिव्यक्तिले हाम्रो शीर निहुर्याएको छ, आजको बैठकमा यसबारेमा छलफल गर्छौ । संसद्मा पनि हामी यो विषय उठाउँदै छौँ ।’
मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उनको सो भनाई हाल विवादमा परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण