शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

एमाले संसदीय दलको बैठक बस्दै, मुख्य एजेन्डा प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति

बुधबार, २० असार २०८०, १२ : १०
बुधबार, २० असार २०८०

काठमाडौँ ।  नेकपा एमालेको संसदीय दलको बैठक बस्दै छ । दिउँसो साढे १ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विवादास्पद अभिव्यक्तिमाथि छलफल हुने एमाले सचेतक महेश बर्तौलाले रातोपाटीलाई जानकारी दिए । 

सचेतक बर्ताैलाले भने–‘प्रधानमन्त्रीको अभिव्यक्तिले संसद्को गरिमालाई ठुलो आघात पुर्याएको छ । सार्वभौम देशको प्रधानमन्त्रीको अभिव्यक्तिले हाम्रो शीर निहुर्याएको छ, आजको बैठकमा यसबारेमा छलफल गर्छौ । संसद्मा पनि हामी यो विषय उठाउँदै छौँ ।’

मंगलबार प्रधानमन्त्री प्रचण्डले एक कार्यक्रममा व्यवसायी प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउनका लागि दिल्ली गएको अभिव्यक्ति दिएका थिए । उनको सो भनाई हाल विवादमा परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप