कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बुधवार मध्यान्ह कांग्रेस सभापति देउवाको निवास धुम्बाराहीमा बसेको ‘बिग फाइभ’ पदाधिकारीको बैठकले असार २७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको हो । कांग्रेसका कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीका अनुसार असार २७ गते दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्ने रातोपाटीलाई बताए । कांग्रेसले करिब एक वर्षपछि बैठक बोलाएको छ ।
आजको सभापति, उपसभापतिद्वय र महामन्त्रीद्वयबीच भएको छलफलले भोलि बोलाइएको जिल्ला सभापतिको भेलाको एजेण्डा तय गरेका छ ।
पराजुलीका अनुसार पार्टीको सांगठनिक काम कारबाही सम्बन्धी विभिन्न विषयमा कांग्रेसले जिल्ला सभापतिहरूसँग छलफल हुने भएको छ। उनले जिल्ला सभापतिसँग क्रियाशील सदस्यता, नयाँ सदस्यता र जिल्लाको वर्तमान वस्तुस्थितिबारे छलफल हुने बताए । कांग्रेसले अनलाइनबाटै नयाँ सदस्य लिन र पुरानो सदस्यता नवीकरण गर्न सक्ने व्यवस्था गरेको छ । क्रियाशील सदस्यतासम्बन्धी कार्ड पनि जिल्लाबाटै प्रिन्ट गरी वितरण गर्न सक्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिविका ४०० प्राध्यापक कारबाहीमा, १३ करोड २६ लाख राजस्व फिर्ता
-
सुशासन, भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सेवा सुधारमा सरकारका १३ उपलब्धि सार्वजनिक
-
मलाई अपमानित गर्नेहरू यही बुढाको हड्डी घोटेर मन्त्री र सांसद भए : प्रचण्ड
-
सरकारले संकलन गर्यो ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी
-
बालेन सरकारको एक्सनः ११८ अर्बको बिगो दाबीसहित १०१ जनाविरुद्ध मुद्दा
-
विश्वकप पावर र्याङ्किङः अर्जेन्टिना शीर्षबाट ओर्लिँदा फ्रान्स र स्पेनले बनाए दाबेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण