आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने एमालेको निर्णय

प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्ने आधार गुम्यो : बर्तौला
बुधबार, २० असार २०८०, १४ : ५३
बुधबार, २० असार २०८०

काठमाडौँ । नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्ने भएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको विरोधमा बैठक अवरुद्ध गर्ने निर्णय गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए । 

‘संसद्ले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भास्य स्थापित गरेर नेपालको प्रधानमन्त्री नेपालबाट होइन दिल्लीबाट बन्छ भनेर के स्थापित गर्न खोजेको हो ? ’बर्तौलाको भनाइ छ । 

उनले प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति सामान्य नभएको भन्दै प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्ने सबै आधार गुमाएको पनि बताए । 

प्रचण्डले सोमबार एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए । यद्यपि यसबारे प्रचण्डले बुधबार आफूले प्रितम सिंहले बोलेको कुरा बोलेको भन्दै प्रष्टीकरण दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप