प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद् बैठक अवरुद्ध गर्ने एमालेको निर्णय
काठमाडौँ । नेकपा एमालेले संसद् बैठक अवरुद्ध गर्ने भएको छ । बुधबार बसेको पार्टी संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिको विरोधमा बैठक अवरुद्ध गर्ने निर्णय गरेको एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले जानकारी दिए ।
‘संसद्ले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको थियो भन्ने भास्य स्थापित गरेर नेपालको प्रधानमन्त्री नेपालबाट होइन दिल्लीबाट बन्छ भनेर के स्थापित गर्न खोजेको हो ? ’बर्तौलाको भनाइ छ ।
उनले प्रधानमन्त्रीबाट यस्तो अभिव्यक्ति सामान्य नभएको भन्दै प्रचण्डले प्रधानमन्त्रीको हैसियतमा बस्ने सबै आधार गुमाएको पनि बताए ।
प्रचण्डले सोमबार एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह धेरैपटक दिल्ली गएको बताएका थिए । यद्यपि यसबारे प्रचण्डले बुधबार आफूले प्रितम सिंहले बोलेको कुरा बोलेको भन्दै प्रष्टीकरण दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकाको निशानामा चिनियाँ टेक कम्पनी
-
दक्षिण कोरियाको अर्थतन्त्र पहिलो त्रैमासिकमा १.८ प्रतिशतले वृद्धि
-
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
सङ्घीय संसद् भवनबाट हराएको मोटरसाइकलसहित एक जना पक्राउ
-
अर्थमन्त्रीकाे सचिवालयले भन्याे– विद्युतीय गाडी कानुनी प्रक्रियाबाट भित्रिएका हुन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण