रबिन तामाङको पोस्टमार्टम रिपोर्टमा के देखियो ?
बुधबार, २० असार २०८०, १६ : ५४

चर्चित गायक तथा अभिनेता रबिन तामाङको पोस्टमार्टम सकिएको छ । प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको र यसै कारण उनको निधन भएको हुनसक्ने बताइएको छ ।
त्रिवि शिक्षक अस्पताल महाराजगन्जका फाेरेन्सिक विज्ञ डा. गोपाल चौधरीले रातोपाटीसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
उनले पोस्टमार्टम गर्दा प्रारम्भिक चरणमा मुटुमा समस्या देखिएको जानकारी दिँदै मृत्युको मुख्य कारण भने यकिन भइनसकेको बताए । डा. चौधरीले तामाङको रगत र भिसेरा परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्टको परीक्षणपश्चात् मृत्युको कारण थाहा हुने जानकारी दिए ।
तामाङको शव परिवारले बुझिसकेको छ । उनको अन्त्येष्टिको समय भने खुल्न बाँकी छ । तामाङ मंगलबार बेलुका बुढानीलकण्ठस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको पटाका फ्याक्ट्रीमा भीषण विस्फोट : ४ महिलाको मृत्यु, ९ घाइते
-
अर्थमन्त्री पौडेलले संसद्मा दिएको जवाफमा सांसद बस्नेत असन्तुष्ट
-
राष्ट्रपतिबाट जलविद्युत परियोजनाबारे चासो
-
श्याम र दिव्या ‘मिस्टर र मिस एसइई सुपर मोडल’ घोषित
-
आगामी बजेटले तीन करोडभन्दा कमका आयोजना नराख्ने नीतिलाई अनुसरण गरेकाे छ : अर्थमन्त्री
-
‘नेपालमा हिरा किन्दा भारतभन्दा १८ प्रतिशत महँगो’