रबिन तामाङको पोस्टमार्टम रिपोर्टमा के देखियो ?
बुधबार, २० असार २०८०, १६ : ५४
चर्चित गायक तथा अभिनेता रबिन तामाङको पोस्टमार्टम सकिएको छ । प्रारम्भिक रिपोर्टमा उनको मुटुमा समस्या देखिएको र यसै कारण उनको निधन भएको हुनसक्ने बताइएको छ ।
त्रिवि शिक्षक अस्पताल महाराजगन्जका फाेरेन्सिक विज्ञ डा. गोपाल चौधरीले रातोपाटीसँगको कुराकानीमा सो कुरा बताएका हुन् ।
उनले पोस्टमार्टम गर्दा प्रारम्भिक चरणमा मुटुमा समस्या देखिएको जानकारी दिँदै मृत्युको मुख्य कारण भने यकिन भइनसकेको बताए । डा. चौधरीले तामाङको रगत र भिसेरा परीक्षणका लागि प्रयोगशाला पठाइएको र रिपोर्टको परीक्षणपश्चात् मृत्युको कारण थाहा हुने जानकारी दिए ।
तामाङको शव परिवारले बुझिसकेको छ । उनको अन्त्येष्टिको समय भने खुल्न बाँकी छ । तामाङ मंगलबार बेलुका बुढानीलकण्ठस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण