गायक तामाङको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त
बुधबार, २० असार २०८०, १७ : ०१
काठमाडौँ । चर्चित ‘रकस्टार’ तथा अभिनेता रबिन तामाङको असामयिक निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गरेको छ । तामाङको मंगलबार राति आफ्नै निवासमा निधन भएको थियो ।
कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै पार्टी तामाङप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको जनाएका हुन् ।
‘‘दम मारो दम’, ‘केटा केटी’, ‘कल्पना’, ‘वीरताको चिनो’, ‘मेरो माया’ जस्ता चर्चित गीत मार्फत नेपाली ‘रक–पप’ सङ्गीतलाई पहिचान र उचाईमा पुर्याउन उहाँले महत्वपूर्ण योगदान दिनु भएको थियो । उहाँको निधनबाट नेपाली ‘रक–पप’ सङ्गीतको क्षेत्रमा ठूलो क्षति पुगेको छ,’ विज्ञप्तिमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण