सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संसद्

संसद् बैठक अवरोधका कारण मिटरब्याज सम्बन्धी अध्यादेश निष्क्रिय

बुधबार, २० असार २०८०, १८ : २४
बुधबार, २० असार २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गरेको संसद् अवरोधका कारण मिटरब्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएको छ । 

बुधबार प्रतिनिधिसभाबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई पारित गरेर राष्ट्रियसभामा पठाउने कार्यसूची रहेको थियो ।  

राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ मिटरब्याज सम्बन्धी समाधान गर्नका लागि २ महिना अघि सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो । 

राष्ट्रियसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ भने प्रतिनिधिसभाको बैठक पनि सूचना निकालेर २२ गते शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।  

प्रतिपक्षी दलले बैठक स्थगित गरेका कारण प्रतिस्थापन विधेयक पारित हुने अवस्था नभएकोले निष्क्रिय भएको हो । 

सरकारले गत वैशाख २० गते मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेश ल्याएको थियो । त्यसको ४ दिनपछि प्रतिनिधिसभाको बर्खे अधिवेशन प्रारम्भ भएको थियो । गत वैशाख २७ गते संसद्ले सो अध्यादेश स्वीकार गरेको थियो । 

सरकारले ६० दिनभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयकको रूपमा संसदमा प्रस्तुत गरेर पास गर्नुपर्ने अन्यथा अध्यादेश निष्क्रिय हुने व्यवस्था रहेको छ । 

अध्यादेश निष्क्रिय हुन ३ दिन बाँकी रहँदा सरकारले सो सम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप