संसद् बैठक अवरोधका कारण मिटरब्याज सम्बन्धी अध्यादेश निष्क्रिय
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिलाई लिएर गरेको संसद् अवरोधका कारण मिटरब्याज सम्बन्धी अध्यादेश निष्क्रिय भएको छ ।
बुधबार प्रतिनिधिसभाबाट ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ लाई पारित गरेर राष्ट्रियसभामा पठाउने कार्यसूची रहेको थियो ।
राष्ट्रियसभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ मिटरब्याज सम्बन्धी समाधान गर्नका लागि २ महिना अघि सरकारले ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक हो ।
राष्ट्रियसभाको बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ भने प्रतिनिधिसभाको बैठक पनि सूचना निकालेर २२ गते शुक्रबारसम्मका लागि स्थगित गरिएको छ ।
प्रतिपक्षी दलले बैठक स्थगित गरेका कारण प्रतिस्थापन विधेयक पारित हुने अवस्था नभएकोले निष्क्रिय भएको हो ।
सरकारले गत वैशाख २० गते मिटरब्याजसँग सम्बन्धित समस्या समाधानका लागि अध्यादेश ल्याएको थियो । त्यसको ४ दिनपछि प्रतिनिधिसभाको बर्खे अधिवेशन प्रारम्भ भएको थियो । गत वैशाख २७ गते संसद्ले सो अध्यादेश स्वीकार गरेको थियो ।
सरकारले ६० दिनभित्र अध्यादेशलाई प्रतिस्थापन विधेयकको रूपमा संसदमा प्रस्तुत गरेर पास गर्नुपर्ने अन्यथा अध्यादेश निष्क्रिय हुने व्यवस्था रहेको छ ।
अध्यादेश निष्क्रिय हुन ३ दिन बाँकी रहँदा सरकारले सो सम्बन्धी प्रतिस्थापन विधेयक प्रतिनिधिसभा बैठकमा प्रस्तुत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोड
-
प्रधानमन्त्रीलाई ‘राजदूत बनाइदिन’ म्यासेज गर्दा सचिव कृष्णहरि पुष्कर पक्राउ अनि रिहा
-
पत्रकार महासङ्घद्वारा जेठ २५ देखि असार ५ गतेसम्म दबाबमूलक आन्दोलन घोषणा
-
‘ध्यानबाट मानसिक शान्ति, तनाव व्यवस्थापन तथा सामाजिक सद्भाव प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास’
-
‘रविसँग भारतले ‘समानान्तर कूटनीति’ प्रयोग गरेको हुन सक्छ’
-
सुर्खेत–जुम्ला सडकको दही खोलामा पुल निर्माणका लागि ठेक्का आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण