बागमती प्रदेशसभा बैठक : प्रतिपक्षी दलसँग सहकार्य गरेर अघि बढ्ने मन्त्रीहरुको प्रतिबद्धता
मकवानपुर । बागमती प्रदेश सरकारका मन्त्रीहरुले प्रतिपक्ष दलहरुसँग समन्वय र सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।
बुधबार बसेको प्रदेशसभाको बैठकमा आर्थिक वर्ष २०८/०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलहरुले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गरेर अघि बढ्ने बताएका हुन् ।
प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयक २०८० माथिको छलफलको क्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै मन्त्रीहरुले योजनाको तर्जुमा र छनौट गर्दा राजनीतिक पूर्वाग्रह नराखिएको बताए ।
उनीहरुले आर्थिक स्रोधसाधनको उच्चतम प्रयोग गरी विभिन्न योजना तथा प्रदेशको गौरवको आयोजनाहरु कार्यान्वयनका लागि बजेट विनियोजन गरिएको बताए ।
बुधबारको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
प्रदेश सरकारका अन्य मन्त्रीहरुले बिहीबार बस्ने बैठकमा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन् । बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण