शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

रबिन तामाङको अन्त्येष्टि आइतबार

बिहीबार, २१ असार २०८०, १० : ४४
बिहीबार, २१ असार २०८०

चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार गरिने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो । 

रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको मुक्ति एन्ड रिभाइभलका गायक मुक्ति शाक्यले रातोपाटीलाई बताए । 

robinबौद्ध धार्मिक परम्परा अनुसार शनिवार निजी निवासमा उनको पार्थिव शरीरमा पूजा अर्चना गरिनेछ । 

तामाङलाई मंगलबार बेलुका बुढानीलकण्ठस्थित आफ्नै निवासमा मृतावस्थामा भेटिएको थियो । पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार उनको मुटुमा समस्या देखिएको छ । 

तामाङ रबिन एन्ड द न्यु रिभोलुसनका फ्रन्टम्यान थिए । उनले केही फिल्ममा पनि अभिनय गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप