रबिन तामाङको अन्त्येष्टि आइतबार
बिहीबार, २१ असार २०८०, १० : ४४
चर्चित गायक तथा अभिनेता रबिन तामाङको अन्त्येष्टि आइतबार गरिने भएको छ । बौद्ध संस्कार अनुसार उनको आइतबार स्वयम्भूमा अन्तिम संस्कार गरिने निश्चित भएको हो ।
रबिनका दुई छोरी छन् । उनीहरू फ्रान्समा बस्ने भएकोले उनको दाह संस्कार अलि ढिलो हुन लागेको मुक्ति एन्ड रिभाइभलका गायक मुक्ति शाक्यले रातोपाटीलाई बताए ।
बौद्ध धार्मिक परम्परा अनुसार शनिवार निजी निवासमा उनको पार्थिव शरीरमा पूजा अर्चना गरिनेछ ।
तामाङलाई मंगलबार बेलुका बुढानीलकण्ठस्थित आफ्नै निवासमा मृतावस्थामा भेटिएको थियो । पोस्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार उनको मुटुमा समस्या देखिएको छ ।
तामाङ रबिन एन्ड द न्यु रिभोलुसनका फ्रन्टम्यान थिए । उनले केही फिल्ममा पनि अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण