शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

हर्कलाई भेटेपछि ५ महिनामै एलिजाले लिइन् राजनीतिबाट सन्न्यास

बिहीबार, २१ असार २०८०, ११ : ३३
बिहीबार, २१ असार २०८०

नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले राजनीतिबाट बिदा लिएकी छिन् । उनले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत यसबारे घोषणा गरेकी हुन् । 

एलिजा गत माघ १४ गते नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेकी थिइन् । उनले ५ महिनामै राजनीतिबाट सन्न्यास लिएकी हुन् । 

सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा सँगै एलिजाले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको कामको प्रशंसासमेत गरेकी छिन्  । हाल धरानमा रहेकी एलिजाले लेखेकी छिन्, ‘ उहाँ धराने जनताको सुख र सुविधाका लागि अहोरात्र खटिरहनुभएको छ । उहाँप्रति सधैँ उच्च सम्मान छ । देश र जनताको लागि केही गर्छु भन्ने जो कोहीलाई पनि हर्कजी प्रेरणाको स्रोत हुनुहुन्छ । ’

यसका साथै काठमाडौँका मेयर बालेन साहसँग वृक्षारोपण गर्न पाउँदा निकै खुसी भएको बताएकी छिन् । उनले हर्क साम्पाङको श्रम शिविरका लागि व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको जानकारी दिइन् । 

साथै उनले सक्रिय राजनीतिक गर्नेहरूलाई एक पटक धरान पुगेर हर्कको काम हेर्न अनुरोध पनि गरेकी छिन् । उनले अब आफ्ना आगामी दिन समाजसेवामा नै सक्रिय हुने बताएकी छिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप