शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्व मिस नेपाल अश्मी श्रेष्ठका प्रेमी सार्वजनिक

बिहीबार, २१ असार २०८०, १२ : ५१
बिहीबार, २१ असार २०८०

पूर्व मिस नेपाल अश्मी श्रेष्ठका प्रेमी सार्वजनिक भएका छन् । उनले आफ्नो इन्स्टाग्राम पोस्ट र स्टोरीमा भिडियो राखेसँगै उनका प्रेमी सार्वजनिक भएका हुन् । 

अश्मी अमेरिका निवासी शशाङ्क लाल श्रेष्ठसँगको प्रेममा छिन् । अश्मीले एक दिन अघि इन्स्टामा राखेको बर्थडे भ्लगमा पनि शशाङ्क देखिएका छन् । उक्त भिडियो अनुसार अश्मीको बर्थडे पार्टी शशाङ्कले नै आयोजना गरेका हुन् । 

asmi1यसका साथै, शशाङ्कको इन्स्टाग्राम पोस्टमा अश्मी र उनको तस्बिर देख्न सकिन्छ । दुई हप्ता अघि राखिएको उक्त फोटोमा धेरैले उनीहरूलाई बधाई दिँदै दुई जनाको विवाह हेर्न चाहेको भन्दै कमेन्ट गरेका छन् ।

asmi2शशाङ्कको इन्स्टाग्राम पोस्ट हेर्दा उनी केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेको बुझ्न सकिन्छ । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप