शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

बारामा १६८ किलो गाँजा बरामद

बिहीबार, २१ असार २०८०, १४ : २१
बिहीबार, २१ असार २०८०

बारा । जिल्ला प्रहरी कार्यालय बाराले ठुलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ । 

जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभर बस्ने जितेन्द्र चौधरीको घरमा गाँजा लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोल्हवीबाट प्रहरी निरीक्षक भोलामान सिंह अधिकारीको कमान्डमा खटिएको टोलीले १ सय ६८ किलो गाँजा फेला परेको हो ।

स्थानीय जनप्रतिनिधि तथा स्थानीयको रोहबरमा घर खानतलासी गर्दा कोठाभित्र लुकाई राखेको अवस्थामा गाँजा बरामद गरिएको प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए । 

गाँजालाई बरामद गरी इलाका प्रहरी कार्यालय कोल्हवीमा राखिएको छ । यस घटनामा घरधनी चौधरीसहित संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको पाण्डेको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप