लालु यादवले मोदीलाई कटाक्ष गर्दै भने, ‘प्रधानमन्त्री निवासमा श्रीमती बिना बस्नु गलत’
बिहीबार, २१ असार २०८०, १५ : ३४
भारतको राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद यादवले प्रधानमन्त्री निवासमा श्रीमती बिना बस्नु गलत भएको बताएका छन् ।
राहुल गान्धीलाई विवाह गर्न सल्लाह र विपक्षको प्रधानमन्त्री पदका उम्मेदवार को हुन्छन् भनेर सोधिएको प्रश्नमा लालु प्रसाद यादवले भने, ‘उनको विवाहको कुरा बेग्लै हो । प्रधानमन्त्रीको उम्मेदवारी अलग । तर प्रधानमन्त्री जोसुकै भए पनि उसले प्रधानमन्त्री निवासमा श्रीमती बिना बस्नु हुँदैन ।’
उनले थपे, ‘प्रधानमन्त्री निवासमा जो मानिस श्रीमती बिना बस्छन्, उनीहरु गलत हुन् । यस्तो गर्नु हुँदैन । जे जस्तो भए पनि श्रीमती सँगै बस्नुपर्छ ।’
उनले मोदीमाथि कटाक्ष गर्दै भने, ‘उनीहरू भ्रष्ट मानिसका संयोजक हुन् । जसलाई भ्रष्ट भनिन्थ्यो, उनीहरूलाई मन्त्री बनाइएको छ । यिनीहरू दुई जिब्रे हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
-
काठमाडौँ महानगरको आठ तले भवन २०८४ कात्तिकभित्र सक्ने लक्ष्य, ३५ प्रतिशत काम सम्पन्न
-
बागमती प्रदेशमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण