लालु यादवले मोदीलाई कटाक्ष गर्दै भने, ‘प्रधानमन्त्री निवासमा श्रीमती बिना बस्नु गलत’
बिहीबार, २१ असार २०८०, १५ : ३४
भारतको राष्ट्रिय जनता दलका प्रमुख लालु प्रसाद यादवले प्रधानमन्त्री निवासमा श्रीमती बिना बस्नु गलत भएको बताएका छन् ।
राहुल गान्धीलाई विवाह गर्न सल्लाह र विपक्षको प्रधानमन्त्री पदका उम्मेदवार को हुन्छन् भनेर सोधिएको प्रश्नमा लालु प्रसाद यादवले भने, ‘उनको विवाहको कुरा बेग्लै हो । प्रधानमन्त्रीको उम्मेदवारी अलग । तर प्रधानमन्त्री जोसुकै भए पनि उसले प्रधानमन्त्री निवासमा श्रीमती बिना बस्नु हुँदैन ।’
उनले थपे, ‘प्रधानमन्त्री निवासमा जो मानिस श्रीमती बिना बस्छन्, उनीहरु गलत हुन् । यस्तो गर्नु हुँदैन । जे जस्तो भए पनि श्रीमती सँगै बस्नुपर्छ ।’
उनले मोदीमाथि कटाक्ष गर्दै भने, ‘उनीहरू भ्रष्ट मानिसका संयोजक हुन् । जसलाई भ्रष्ट भनिन्थ्यो, उनीहरूलाई मन्त्री बनाइएको छ । यिनीहरू दुई जिब्रे हुन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
आगामी आर्थिक वर्षको बजेट कस्तो चाहन्छ निजी क्षेत्र ?
-
जीपीएका आधारमा विद्यार्थी भर्ना गर्दै सीटीइभीटी