बैंकिङ तथ्याङ्क तथा सूचना आदानप्रदान गर्नेगरी बैंकर्ससँग र जीवन बीमक संघबीच सम्झौता
बिहीबार, २१ असार २०८०, १७ : १४

काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपाल बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकर्स संघ र बीमक संघबीच बैंकिङ तथा बीमा सम्बन्धी तथ्य तथ्याङ्क तथा सूचनाहरू आदान प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बिहीबार थापाथली स्थित बैकर्स संघको कार्यालयमा भएको सम्झौतामा बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंक तथा बीमा क्षेत्र बीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरू, सूचना तथा जानकारीहरू आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरूमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्परिक लाभका विषयहरूको पहिचान गरी अघि बढ्ने लक्ष तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन