बैंकिङ तथ्याङ्क तथा सूचना आदानप्रदान गर्नेगरी बैंकर्ससँग र जीवन बीमक संघबीच सम्झौता
बिहीबार, २१ असार २०८०, १७ : १४
काठमाडौं । नेपाल बैंकर्स संघ र जीवन बीमक संघ नेपाल बीच एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकर्स संघ र बीमक संघबीच बैंकिङ तथा बीमा सम्बन्धी तथ्य तथ्याङ्क तथा सूचनाहरू आदान प्रदान गर्ने गरी सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
बिहीबार थापाथली स्थित बैकर्स संघको कार्यालयमा भएको सम्झौतामा बैंकर्स संघका तर्फबाट संघका अध्यक्ष सुनिल के.सी. र जीवन बीमक संघ नेपालका तर्फबाट संघका अध्यक्ष पोषक राज पौडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंक तथा बीमा क्षेत्र बीच आपसी समन्वय स्थापना गरी एक आपसमा तथ्याङ्कहरू, सूचना तथा जानकारीहरू आदान प्रदान गर्ने, नीतिगत तहका विषयहरूमा अध्ययन अनुसन्धान गर्ने तथा पारस्परिक लाभका विषयहरूको पहिचान गरी अघि बढ्ने लक्ष तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण