पञ्चेश्वर परियोजनाबारे छलफल गर्न भारतबाट आयो जम्बो टोली
काठमाडौँ । पञ्चेश्वर विकास प्राधिकरण गभर्निङ्ग काउन्सिलमा भाग लिनका लागि भारतबाट जम्बोटोली नेपाल आइपुगेको छ । भारतको जलशक्ति मन्त्रालयका सचिव पंकज कुमारको नेतृत्वमा १३ सदस्यीय टोली नेपाल आएको हो ।
सचिव पंकजको नेतृत्वमा जल आयोगका अध्यक्ष कुशविन्दर वल्वो, जलशक्ति मन्त्रालयका सहसचिवहरू ऋचा मिश्रा, सुबोध यादव, ऊर्जा मन्त्रालयका सहसचिव मोहम्मद अफजल, ऊर्जा मन्त्रालयका सल्लाहकार अविनाश मिश्र गण्डकी प्रदेशको पोखरामा आयोजित सो कार्यक्रममा सहभागी हुन नेपाल आएका छन् ।
त्यस्तै, उत्तराखण्ड प्रदेश सरकारका सिंचाई मन्त्रालयका सचिव हरिचन्द्र सेमवाल, विदेश मन्त्रालयका निर्देशक अमित शुक्ला, बाढी व्यवस्थापन आयोगका आयुक्त अतुल जैन, सह आयुक्तहरु राकेश टोटेजा, गिरिशकुमार अग्रवाल, एच एस सेंगार, समीर कुमार शुक्ला पनि सो टोलीमा समावेश छन् ।
नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले नेतृत्व गरिरहेका छन् । पञ्चेश्वर विकास प्राधिकरण गभर्निङ्ग काउन्सिलको बैठक दुई दिनसम्म चल्नेछ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा गएका बेला पञ्चेश्वर परियोजना अगाडि बढाउने सहमति भएको थियो । महाकाली नदीमा विकास गर्न लागिएको यो परियोजनाको डीपीआर अझै स्वीकृत भएको छैन । सुरुमा पाँच सय बुँदामा डीपीआर तयार भएको थियो । दुवै देशबीच छलफल हुँदै गर्दा अहिले १२७ बुँदामा झरेको छ । पोखरामा जारी बैठकले बुँदा अझै घटाउन लागेको स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण