असार तेस्रो सातासम्ममा मोरङमा ३५ प्रतिशत रोपियो धान
मोरङ । असारको तेस्रो साता बितिसक्दा अन्न भण्डारका रूपमा मानिने मोरङमा ३५ प्रतिशत मात्र धान रोपाइँ भएको छ । जसअनुसार जिल्लाभित्र २९ हजार एक सय ५५ हेक्टर जमिनमा धान रोपाइँ भएको हो ।
‘जलवायु अनुकूलित कृषिमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराको साथ देशैभर धान रोपाइँ भइरहेको छ । मोरङमा ८३ हजार तीन सय हेक्टर जमिनमा धान लगाउने गरेको र जसको हालसम्म २० प्रतिशतमात्र धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र विराटनगरका प्रमुख रामदेव सिंहले बताए । समयमा पानी नपर्नाले रोपाइँ ढिलो भएको हुनसक्ने प्रमुख सिंहले बताए । गत वर्ष मोरङमा ९९ प्रतिशत रोपाइँ भएको सिंहले दाबी गरे ।
मोरङमा धेरै मात्रामा रन्जीत धान, रामधान, विवी एघार, स्वार्णलगायत धान लगाउने गरेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ । गत वर्ष मोरङमा ८२ हजार चार सय ६७ हेक्टर जमिनमा धान रोपाइँ भएको थियो । जसमा तीन लाख ३८ हजार एक सय १४ मेट्रिक टन धान उत्पादन भएको तथ्याङ्क रहेको कृषि ज्ञान केन्द्र विराटनगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण